सरकारी कार्यालयमा कालो झण्डा

- अवधेशकुमार झा, राजविराज

    आश्विन ३, २०७५

    राष्ट्रिय जनता पार्टी राजपा नेपालका कार्यकर्ताहरुले बुधवार सप्तरी जिल्ला स्थित विभिन्न सरकारी कार्यालयहरुमा कालोझण्डा गाडेका छन् । मधेशी जनतालाई दमन गरी ०७२ साल असोज ३ गते संविधान जारी गरिएको भन्दै राजपाले असोज ३ गते कालो दिन मनाउने कार्यक्रम अन्तरगत सरकारी कार्यालयहरुमा कालो झण्डा गाडेको राजपाका सह महामन्त्री गजेन्द्र मण्डलले बताउनुभयो ।

    बुधवार बिहानै देखी सदरमुकाम राजविराज सहितका जिल्ला प्रमुख बजारहरुमा राजपाका नेता कार्यकर्ताहरु कालोझण्डा सहित प्रर्दसन गरेका छन् । प्रर्दशन र सरकारी कार्यालयहरुमा कालोझण्डा गाडने कार्यक्रममा राजपाबाट स्थानिय तहमा निर्वाचित भएका जनप्रतिनिधिहरु समेत सामेल छन् ।

    उनीहरुले विभिन्न स्थानीय तहको कार्यालयमा समेत कालो झण्डा गाडेका छन् । राजपाले दिउँसो राजविराजमा बृहत विरोध कार्यक्रम गर्ने तयारी गरेको छ । विरोध सभालाई प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    राजपाले कालो झण्डा सहित प्रर्दशन गरिइरहदा जिल्लामा सुरक्षा ब्यवस्था समेत कडा बनाईएको छ । अघिल्ला दिनहरु भन्दा बजार र ग्रामीण क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिती बाक्लो छ । 

    प्रकाशित:आश्विन ३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्