ढुवानीकर्तालाई पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन निर्देशन

- रेडियो कान्तिपुर, काठमाडौं

    आश्विन ३, २०७५

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थ ढुवानीकर्तालाई आपूर्ति सहज बनाउन निर्देशन दिएको छ । निगमले आज एक सूचना जारी गर्दैै ढुवानीकर्ता र ट्याङकर चालकलाई पेट्रोलियम पदार्थ आपूर्ति सहज र सरल बनाउन निर्देशन दिएको हो ।

    यातायात क्षेत्रमा संचालित केही सवारी चालकको उक्साहटमा निगम सम्बद्ध केही ढुवानीकर्ताले उपभोक्ताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको अत्यावश्यक पेट्रोलियक पदार्थको ढुवानीमा अवरोध सिर्जना गर्ने दुश्प्रयास गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको निगमले जनाएको छ ।

    पेट्रोलियम पदार्थको आपूर्तिमा प्रतिकुल प्रभाव पर्ने गरी पीडीओ नलिने, आईओसीमा लोड लिन नजाने, डिपोमा लोड लिएर नआउने, बिक्री वितरणमा सहयोग नगर्ने कार्य गरेमा निमगको नियमावली बमोजिम ढुवानी सम्झौता खारेज गरिने निगमले जनाएको छ । 

    प्रकाशित:आश्विन ३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्