रसायनिक मलको माग ६ लाख मेट्रिक टन, आपूर्ति न्युन

- रेडियो कान्तिपुर, काठमाडौं

    आश्विन ३, २०७५

    मुलुकमा प्रत्येक वर्ष जसो मल अभावमा किसानले सास्ती खेपिरहेका बेला कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सो समस्या समाधानका लागि गृहकार्य गरिरहेको दाबी गरेको छ । कृषि तथा पशुपन्छी मन्त्री चक्रपाणी खनालले मल अभावको समस्या समाधानका लागि सरोकारवाला निकायहरुसँग छलफल तीब्र पारेको बताउनुभएको छ ।

    त्यसका लागि आवश्यक प्रतिवेदन तयार पार्न मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित उच्चस्तरीय समितिले अध्ययन शुरु गरिसकेको उहाँको भनाई छ । मुलुकमा हाल ६ लाख मेट्रिक टनसम्म रसायनिक मलको माग रहेपनि आपूर्ति भने न्युन मात्र हुने गरेको छ । 

    पछिल्लो ६ महिनामा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन मार्फत किसानले ३९ हजार ३ सय ४२ मेट्रिक टन रासायनिक मल अनुदानमा पाएका छन् । त्यसमध्ये २६ हजार मेट्रिक टन यूरिया, १२ हजार मेट्रिक टन डीएपी, र ९ सय ९९ मेट्रिक टन पोटास रहेको छ । 

    माग अनुसार किसानलाई अनुदानमा मल वितरण गर्न १२ अर्ब रुपैयाँ बढी लाग्ने भएपनि त्यसको ६८ प्रतिशत मात्र वितरण गर्न सकिएको मन्त्री खनालले बताउनुभयो ।

    यस्तै साल्ट ट्रेडिङ मार्फत ४० हजार मेट्रिक टन रासायनिक मल खरिदका लागि बोलपत्र आह्वान भई सम्झौता भएको मन्त्रालयले जनाएको छ । 

     

    प्रकाशित:आश्विन ३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्