सरकारले सम्झौता उल्लंघन गर्‍यो : महन्त ठाकुर

- लक्ष्मी साह, बारा

    आश्विन ३, २०७५

    राष्ट्रिय जनता पार्टी राजपाका संयोजक महन्थ ठाकुरले सरकारले अझै पनि विभेद गरिरहेको आरोप लगाउनुभएको छ । संविधान जारी भएको दिनलाई ‘असोज तीन, कालो दिन’ भन्दै पार्टीले बारा कलैयामा आज आयोजना गरेको विरोध सभामा ठाकुरले यस्तो आरोप लगाउनुभएको हो ।

    मधेसी, आदिवासी जनजाति, मुस्लिमलाई उनीहरुको भाषा, संस्कृति, पहिचान, नागरिकता लगायतमा विभेद गरिरहेको उहाँले बताउनुभयो ।

    ठाकुरले भन्नुभयो, 'नश्लवादी सोंच, विचार र दृष्टिकोणले केही खास समुदायका अनुहारले देशमा शासन गर्न संविधानलाई आफू अनुकुल बनाएर जारी गरेको छ । त्यसैले संशोधन नभएसम्म हामी संघर्ष गरिहन्छौ ।'

    अनुहारको आधारमा सरकारले विभेद गरिरहेकोले संविधान संशोधन आवश्यक्ता रहेको उहाँको भनाइ छ । सरकारले आफहरुसँग गरेको सम्झौता, सहमति उल्लंघन गरेको उहाँको  आरोप थियो । 

     

    प्रकाशित:आश्विन ३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्