पहिलो खेलमा नेपाल पराजित

- रेडियो कान्तिपुर, काठमाडौं

    आश्विन ३, २०७५

    राजधानीमा आज सुरु एएफसी अण्डर १६ वुमन्स च्याम्पियनसीप फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपाल पराजित भएको छ । राजधानीको हल्चोकस्थित एपीएफ मैदानमा भएको पहिलो खेलमा नेपाल, फिलिपिन्ससँग ४–० गोल अन्तरले पराजित भयो ।

    फिलिपिन्सको जितमा कप्तान मारया लाजोले दुई तथा मिकाईला भिलासिन र सिमोनस र भिलासिनले एक/एक गोल गरे ।

    यसअघि सोही मैदानमा भएको पहिलो खेलमा म्याट नोई खिनको ह्याट्रिक मद्दतमा म्यानमारले मलेशियालाई ३–० गोल अन्तरले पराजित गर्‍यो ।

    तियोगितामा नेपालले पर्सि म्यानमारसँग प्रतिस्पर्धा गर्दा अर्को खेलमा मलेसिया र फिलिपिन्स आमनेसामने हुनेछन् । 

    थाईल्याण्डमा अर्को वर्ष हुने च्याम्पियनसीपका लागि आयोजकसँगै जापान, दक्षिण कोरिया र उत्तर कोरियाले स्थान बनाईसकेका छन् ।

    छनोटको अन्तिम खेलमा नेपालले आईतबार मलेसीयासँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको शीर्ष २ मा रहने टोली अघिल्लो चरणमा प्रवेश गर्नेछन् । 

    प्रकाशित:आश्विन ३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्