संविधान कार्यान्वयनमा सरकार गम्भिर छैन : कांग्रेस

काठमाडौं

    आश्विन ३, २०७५

    प्रतिपक्षी नेपाली कांग्रेसले लामो संर्घष पश्चात बनेको संविधान कार्यान्वयनमा गम्भिर नदेखिएको भन्दै सरकारको कडा आलोचना गरेको छ । संविधान दिवसको अवसरमा ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी कांग्रेसले संविधान कार्यान्वयनको पछिल्लो अध्याय अझै अधुरो रहेको र त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने जनाएको हो ।

    प्रवक्ता विश्वप्रकाश शर्माले ११ बुँदे विज्ञप्ति जारी गर्दै सरकारको कामले संघीयतालाई अलोकप्रिय बनाउन सहयोग गरेको आरोप लगाउनुभएको छ । केन्द्रीय सरकारको इच्छाशक्ति र क्षमताको कमजोरीले प्रदेश र केन्द्रबीचको द्वन्द्व सार्वजनिक हुँदा संघीयताप्रति नकरात्मक प्रभाव परेको कांग्रेसको तर्क छ । 

    संविधान पालना र संविधानप्रति अपनत्व बिस्तारमा सरकार चुकेको आरोप लगाउदै कांग्रेसले संविधान अनुरुप लोकतान्त्रिक चरित्र नभएको, शान्ति सुरक्षा कायम गर्न नसकेको आरोप लगाएको छ ।

    सरकारकै कमजोरीका कारण संविधान दिवसलाई केहीले कालो दिवसका रुपमा समेत मनाएका दृश्य देखिएको प्रवक्ता शर्माले बताउनुभयो । गण्डकी र कर्णाली प्रदेश वाहेक ५ वटा प्रदेशको नामाकरण र राजधानीको टुङ्गो नलाग्नु र सो बिषयलाई गम्भीरतापूर्वक नलिनुलाई कांग्रेसले सरकारको प्रमुख कमजोरीका रुपमा औंल्याएको छ ।  

    प्रकाशित:आश्विन ३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्