आश्विन ३, २०७५
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्त नगरकी १३ वर्षीया किशोरीको हत्यारालाई कारबाहीको माग गर्दै त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले र्याली निकालेका छन् । विश्वविद्यालयको घडी भवन अगाडिबाट निकालिएको दबाबपूर्ण र्याली कीर्तिपुरबजार अगाडि कोणसभा गरी सम्पन्न भएको थियो ।
किशोरीको हत्या भएको ५४ औं दिन भइसक्दा पनि प्रहरीले यसको सत्यतथ्य पत्ता लाग्न सकेको छैन । हत्याकाण्डका दोषीलाई यथाशीघ्र पत्ता लगाई कानूनी दायरामा ल्याउन विद्यार्थीहरुले माग गरेका छन् ।
करीब दुई सय भन्दा बढी विद्याथीरुको उपस्थितिको बीचमा विरोध कार्यक्रम सम्पन्न भएको थियो ।
र्यालीमा सहभागी विद्यार्थीहरुले हत्यारालाई कारबाहीको माग गरेका विभिन्न प्लेकार्डहरु बोकेका थिए भने बलात्कारीलाई फासि दे, निर्मलालाई न्याय दे भन्ने नारा लगाएका थिए ।
राज्यले पीडितलाई न्याय दिन ढिलाई गर्दा सरकार र न्याय प्रति जनताको विश्वास घटेको कार्यक्रम संयोजक संगमबाबु मल्लद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
अपराधमा संलग्न जो सुकै भएपनि दोषीलाई कानूनी दायरामा ल्याई कडा कारबाही गर्न विद्यार्थीहरुले अपिल गरेको छ ।
प्रकाशित:आश्विन ३, २०७५
User's Feedback
Comment via Facebook
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्