मलेसियामा मृत्यु भएकाको शवलाई नेपाल ल्याउने व्यवस्था मिलाउन निर्देशन

- रेडियो कान्तिपुर, काठमाडौं

    आश्विन ३, २०७५

    विषाक्त मदिरा सेवनका कारण मलेसियामा मृत्यु भएकाको शवलाई नेपाल ल्याउने व्यवस्था मिलाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले मलेसियास्थित नेपाली दूतावासलाई निर्देशन दिनुभएको छ । शव यथाशक्य नेपाल ल्याउने व्यवस्था मिलाउन तथा बिरामी अवस्थामा रहेका नेपालीको उपचारमा कुनै कसर बाँकी नराख्न मन्त्री विष्टले निर्देशन दिनुभएको हो ।

    दूतावासले स्थानीय प्रशासनसँग शव व्यवस्थापन र बिरामीको उपचारका लागि समन्वय गर्ने काम भैरहेको जानकारी गराएको श्रम, रोजगार तथा सामासजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

    कार्यवाहक राजदूत कुमार राज खरेलका अनुसार घटनाको अनुसन्धानका लागि सेलांगोर राज्यको प्रहरीले उच्चस्तरिय छानवीन समिति गठन गरिसकेको छ ।

    समितिले शंकास्पद विभिन्न क्षेत्रबाट करीब १४ सय बोतल मदिरा बरामद गरी छानविन अघि बढाएको छ । पर्सि दिउँसो सम्म शुरुआती रिपोर्ट सार्वजनिक गर्ने जानकारी गराएको मन्त्रालयले जनाएको छ । 

    प्रकाशित:आश्विन ३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्