चालकको आन्दोलनका कारण विभिन्न जिल्लामा यातायात सेवा बन्द

- रेडियो कान्तिपुर, काठमाडौं

    आश्विन ३, २०७५

    सवारी तथा यातायात ब्यवस्था ऐनमा भएका प्रावधान सच्याउन माग गर्दै चालकहरुले गरेको आन्दोलनका कारण विभिन्न जिल्लामा यातायात सेवा बन्द हुँदा ती क्षेत्रको जनजीवन आज दिनभर प्रभावित भएको छ । पाँचथर, भोजपुर, ताप्लेजङ, बाँके, कपिलवस्तु लगायत जिल्लामा यातायात सेवा ठप्प रह्यो ।

    सवारी तथा यातायात ब्यवस्था ऐन २०४९ लाई सरकारले संशोधन गरी कैद सजाय बढाउन खोजेको भन्दै चालक तथा सहचालकहरु आन्दोलनमा उत्रिएका हुन । सार्वजनिक सवारी साधनहरु ठप्प भएपछि सर्वसाधारणलाई आउजाउमा समस्या भएको छ ।

    लामो दुरीका सवारी साधनहरु सन्चालन नहुँदा यात्रु अलपत्र परेका छन् ।  सरकारले चालकहरुलाई अपराधीसरहको व्यवहार गर्न खोजेकाले आन्दोलनमा उत्रिनु परेको चालकहरुको भनाई छ  ।  

    प्रकाशित:आश्विन ३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्