३२ लाख मूल्य बराबरको कपडा बरामद

- विनोद भण्डारी , विराटनगर

    आश्विन ३, २०७५

    भारतवाट अवैध रुपमा आयात गरी झापाको विर्तामोड नगरपालिका ५ त्रिवेणी चोकमा लुकाएर राखेको ३२ लाख मूल्य भन्दा बढीका लत्ता कपडा प्रहरीले बरामद गरेको छ । सशास्त्र प्रहरी बल प्रदेश १ बाहिनीबाट खटिएको टोलीले उक्त स्थान स्थित राजीव जैनको घरमा लुकाएर राखेको अवस्थामा सो लत्ता कपडा बरामद गरेको जनाएको छ ।

    जैनको उक्त घर तिन महिनादेखि भद्रपुर बस्ने चन्दन कामतले भाडामा लिएको र उक्त कपडा कामतले आफनो नभएको बताएपछि सशस्त्र प्रहरीले बरामद गरेको जनाएको छ ।

    बरामद गरिएको कपडा अनुसन्धानका लागि राजश्व अनुसन्धान इकाई इटहरीलाई बुझाएको छ ।

    कपडा सहित पाँच महिनाको अवधिमा ४ करोड २६ लाख ६० हजार मूल्य बराबरका चोरी पैठारीका सामान बरामद गरी भन्सार र राजश्व अनुसन्धान इकाईलाई बुझाएको प्रहरी नायव महानिरिक्षक डीआइजी मन्दिप श्रेष्ठले बताउनुभयो । 

    प्रकाशित:आश्विन ३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्