एपीएफ, गिताञ्जली कलेज र ढोरपाटन क्लब सेमिफाइनलमा

- रेडियो कान्तिपुर, काठमाडौं

    आश्विन ४, २०७५

    शसस्त्र प्रहरीको एपीएफ, गिताञ्जली कलेज र ढोरपाटन क्लब राजधानीमा जारी पाँचौ खुला राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । ढोरपाटन क्लबको भलिबल कोर्टमा भएको क्वार्टरफाइनलमा ढोरपाटनले थ्री स्टार एकेडेमीलाई ३–२ को सेटमा पराजित गर्‍यो ।

    ढोरपाटनले थ्रीस्टारलाई २५–२२, ३२–३०, १८–२५, १५–२५ र १५–१३ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । आजै भएको अर्को खेलमा एपीएफले पाल्पालाई २५–२०, २५–१५ र २५–१६ को सोझो सेटमा पराजित गर्‍यो ।

    पहिलो खेलमा गिताञ्जलीले बुढानिलकण्ठलाई २८–२५, २५–१४ र २५–२३ ले पराजित गर्दै अन्तिम ४ मा स्थान बनाएका छन् । क्वार्टरफाइनलको अन्तिम खेलमा भोलि गण्डकी प्रदेश र बडिगार्ड गाउँपालिका बीच प्रतिस्पर्धा हुनेछ ।

    पहिलो सेमिफाइनलमा भोलि एपीएफ र गिताञ्जली बीच प्रतिस्पर्धा हुनेछ । ढोरपाटनले भने भोलि हुने गण्डकी प्रदेश र बडिगार्ड गाउँपालिका बीचको विजेतासँग खेल्नेछ । प्रतियोगिताको विजेताले १ लाख, उपविजेताले ६० हजार र तेस्रो हुनेले ३५ हजार रुपैयाँ हात पानेछन् ।  

    प्रकाशित:आश्विन ४, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्