नेपालले आज म्यानमारसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं

    आश्विन ५, २०७५

    - एएफसी अण्डर १६ वुमन्स छनोट प्रतियोगितामा आज २ खेल हँुदैछन् । पहिलो खेलमा मलेसिया र फिलिपिन्स भिड्नेछन् । काठमाडौंको हल्चोकस्थित ससस्त्र प्रहरी बलको खेल मैदानमा बिहान साढे ११ बजे सो खेल सुरु हुनेछ ।

    पहिलो खेलमा नेपाललाई ४–० ले हराएको फिलिपिन्स दोस्रो जितसंगै शीर्ष दुईमा स्थान सुरक्षित गर्ने दाउमा छ । उद्घाटन खेलमा म्यानमारसंग ३–० ले हारेको मलेसियालाई अघिल्लो चरणमा स्थान बनाउन फिलिपिन्सविरुद्ध जित्नै पर्ने दवाव छ । आजै हुने दोस्रो खेलमा नेपालले म्यानमारको सामना गर्नेछ । दोस्रो खेलपनि सोही मैदानमा दिउँसो साढे ३ बजे हुनेछ ।

    घरेलु मैदानमा पहिलो खेल गुमाएको नेपाललाई शीर्ष दुईमा रहँदै प्रतियोगिताको फाईनल चरणमा प्रवेश गर्न म्यानमारविरुद्ध जित्नैपर्ने दबाव छ ।नेपाललाई हराउन सके म्यानमार एक खेल अगाबै प्रतियोगीताका लागी छनोट हुनेछ ।

    अघिल्लो खेलमा सुरुवाती पकड बनाएपनि अबसरको सदुपयोग गर्न नसक्दा नेपाल पराजित भोग्न बाध्य भएको थियो । आजको खेलमा गल्ती सुधार्दै नतिजा आफ्नो पक्षमा पार्ने लक्ष्यका साथ नेपाली टोली मैदान उत्रने प्रशिक्षक गंगा गुरुङले बताएकी छन् । 

     

    प्रकाशित:आश्विन ५, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्