अफगानिस्तान सेमिफाइनलमा

    आश्विन ५, २०७५

    - अफगानिस्तान, समुह बी को बिजेता बन्दै युएईमा जारी एसियाकप क्रिकेटको सेमिफाईनलमा प्रवेश गरेको छ । पछिल्लो खेलमा गएराती बंगलादेशमाथि १ सय ३६ रनको फराकिलो जित निकाल्दै अफगानिस्तानले समुह ए को उपबिजेता पाकिस्तानसँगको भेट पक्का गरेको हो ।

    २ सय ५६ रनको चुनौती पच्छ्याएको बंगलादेश ४२ दशमलब १ ओभरमा १ सय १९ रनमा समेटियो । रासिद खान, मुजिवर रहमान, गुल्वादिन नाईवले २/२ तथा महम्मद नाबी, अफताव आलम र रहमत शाहले बंगलादेशको एक–एक विकेट चट्काए । 

    साकिब अल हसनले ३२ रन बनाएको ईनिङसमा मामुदुल्लाहले २७ र मोसादेक हुसेनले २६ रन जोडे । बंगलादेशका बाँकी सबै ब्याट्सम्यान दोहोरो अंकको स्कोर नछुदै पभिलियन फर्किए । यसअघि युएईको आबुदाबिस्थित शेख जियाद अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको अफगानिस्तानले ७ विकेट गुमाएर २ सय ५५ रनको सम्मानजनक योगफल तयार पारेको थियो ।

    आठौँ विकेटका लागि रासिद खान र गुल्वादिन नाईबले ९५ रनको साझेदारी गरेपछि अफगानिस्तान सम्मानजनक स्कोर बनाउन सफल बनेको थियो । खान ५७ र नाईब् ४२ रनमा नटआउट रहे । हास्मुतुल्लाह सिद्धिकीले ५८ र महम्मद साहाजादले ३७ रनको योगदान गरे । सेमिफाइलनका खेल आज साँझ हुनेछन् । एकै समयमा सुरु हुने खेलमा अफगानिस्तान र पाकिस्तान तथा भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । 

     

    प्रकाशित:आश्विन ५, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्