प्रकोप नियन्त्रणका लागि प्रदेश सरकारको १५ लाख सहयोग

- अवधेश कुमार झा , सप्तरी

    आश्विन ५, २०७५

    – सप्तरीको कञ्चनरुप नगरपालिका र हनुमाननगर कंकालिनी नगरपालिकामा पछिल्लो समय फैलिएको स्वाइन फलु, हङकङ फलु र भाइरल इन्फलुएन्जा नियन्त्रणका लागि प्रदेश २ सरकारले १५ लाख रुपैयाँ सहयोग गरेको छ । प्रदेश २ का भुमी ब्यबस्थापन तथा कृषीमन्त्री शैलेन्द्रप्रसाद साह र समाजिक बिकासमन्त्री नवलकिसोर साह सहित आज कञ्चनपुर आएका मुख्यमन्त्री लालवाबु राउतले सो सहयोग रकमको घोषणा गर्नुभएको हो ।

    कञ्चनरुप र हनुमाननगर कंकालिनी नगरपालिकामा प्रकोप फैलिए यता चारजनाको मृत्यु भईसकेको छ भने ज्वरो रुखाखोकी सहित इन्फलुएन्जाका कारण पाँचहजार भन्दा बढी विरामी छन् । मुख्यमन्त्री राउतले कञ्चनपुरमा आज आयोजित कार्यक्रममा प्रकोपका बेला मृत्यु भएका चारजनाको परिवारलाई प्रति परिवार दुईलाख रुपैयाँका दरले प्रदेश सरकारका तर्फवाट राहत स्वरुप चेक हस्तान्तरण गर्नुभयो । कञ्चनरुप नगरपालिका ७ का १४ वर्षिय दिवस बस्नेत, वडा नम्बर ३ का १४ वर्षिय किसोर राम र वडा नम्बर ९ का १४ वर्षिय आमोदकुमार राम र कञ्चनरुप नगरपालिका ४ का ६० वर्षिय भल्सरदेबी सरदारको मृत्यु भईसकेको छ । 

     

    प्रकाशित:आश्विन ५, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्