कालोबजारी रोक्न राष्ट्रिय सरोकार तथा समन्वय समितिको निर्देशन

काठमाडौं

    आश्विन ५, २०७५

    राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले चाडपर्व नजिकिएसँगै बजारमा सिर्जना हुने कृत्रिम अभाव र कालोबजारी रोक्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा आज बसेको समिति बैठकमा चाडपर्वको समयमा बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी हुने गरेको भन्दै रोक्न गृह मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो । यस्तै देशभर शान्ति सुव्यवस्था कायम गर्न पनि समितिले गृह मन्त्रालयलाई भनेको छ ।

    चाडपर्वको अवसरमा यात्रुहरुको चाप अत्यधिक हुने भएकाले यात्रुलाई सहज ढंगले आवागमनको व्यवस्था मिलाउन पनि समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ । अर्को बैठकमा २१ ओटा राष्ट्रिय गौरवको आयोजनाहरुको विषयमा सम्बन्धित ५ वटा मन्त्रालयसँग छलफल गर्ने निर्णय गरेको समिति सभापति दिलकुमारी रावल थापाले जानकारी दिनुभयो ।

    यस्तै मेलम्ची खानेपानी तथा काठमाण्डौ तराई—मधेश द्रुतमार्गको असोज १४ र १५ गते समितिले स्थलगत अनुगमन पनि गर्ने भएको छ । समितिको अर्को बैठक असोज ११ गतेका लागि बोलाइएको छ ।

    प्रकाशित:आश्विन ५, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्