टिकाको उत्तम साईत बिहान ९ बजेर ५१ मिनेटमा

काठमाडौं

    आश्विन ५, २०७५

    – यो बर्षको वडादशैंको टिकाको उत्तम साईत आगामी कार्तिक २ गते ९ बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । बिहान ९ बजेर ३९ मिनेटमा देवी विर्सजन गरेर टिका लगाउन सकिने समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो । घटस्थापनाको शुभ साईत आगामी असोज २४ गते बिहान ७ बजेर १५ मिनेटमा छ ।

    यस्तै, फुलपाती भित्र्याउने साईत बिहान ९ बजेर २१ मिनेटमा उत्तम रहेको समितिले जनाएको छ । कार्तिक ७ गते कोजाग्रत पुर्णिमाको दिन जुनसुकै बेला जमरा सेलाउन सकिने समितिले जनाएको छ । सरकारी कार्यालय, सुरक्षा निकाय, कुटनीतिक नियोगहरुमा फुलपातीको दिन बिहान १० बजेर २४ मिनेटमा पश्चिम फर्केर राष्ट्रिय झण्डा फेर्न सकिने गौतमले बताउनुभयो ।

     

    प्रकाशित:आश्विन ५, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्