पेट्रोल अभाव छैन : आयल निगम

- इन्द्रलक्ष्मी घिमिरे, काठमाडौं
  • आज पनि थानकोट डिपो मार्फत पेट्रोलियम पदार्थ वितरण गरिने

आश्विन ६, २०७५

आयल निगमले उपत्यकामा पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि आजपनि थानकोट डिपोबाट वितरण गर्ने भएको  छ ।  टयाङ्कर चालकले आन्दोलनको नाममा ४ दिनसम्म हड्ताल गरेपछि उपत्यकामा पट्रोल र डिलेजलको अभाव भईरहेको छ । आपूर्ती सहज बनाउन बिदाको दिनमा समेत डिपो खोलिएको निगमका प्रवक्ता बीरेन्द्र गोइतले जानकारी दिनुभयो । रक्सौंलबाट हिजोदेखि इन्धन आउन थालेको निगमले जनाएको छ ।

पेट्रोलियम आयत शुरु भई सकेकाले अनावश्यक भण्डारण नगर्न निगमले उपभोक्तालाई आग्रह समेत गरेको छ ।  अहिलेको समस्या अभाव नभई चालकहरुको आन्दोलनको प्रभाव मात्रै भएकाले अनावश्यक भण्डारण नर्गन निगमले उपभोक्तालाई आग्रह गरेको हो । 

उपत्यकामा अभावको मौका छोपी पट्रोल पम्पहरुले कालोबजारी गर्न थालेको गुनासोपछि निगमले अनुगमन जारी रहेको र दोषी पाईए कडा कारवाही गर्ने चेतावनी दिएको छ । पट्रोलिम आपूर्ती सहज भईसकेको भन्दै प्रवक्ता गोईतले हल्लाको पछि नलाग्न समेत उपभोक्तालाई आग्रह गर्नुभयो ।

यसैबीच पेट्ेरालियम पदार्थको वितरण सहज बनाउन अस्थायी कोटा प्रणाली लागु गरेको छ । मोटरसाईकल र स्कुटरलाई बढीमा ५ लिटर तथा ४ पाङग्रे सवारीले अधिकतम १५ लिटरसम्म किन्न पाउने उल्लेख छ । 

प्रकाशित:आश्विन ६, २०७५

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्