आश्विन ६, २०७५
- रेडियो कान्तिपुरले आज वरिष्ठ संगितकार, गीतकार एवं गायक शम्भुजित बास्कोटालाई विशेष सम्मान गर्दै छ । सलाम जिउँदो इतिहासलाई कार्यक्रमको छैटौँ श्रृङ्खला अन्तर्गत आज बाँस्कोटालाई सम्मान गर्न लागेको स्टेशन म्यानेजर दिनेश डिसीले बताउनुभयो ।
कार्यक्रममा संगीतकार एवं गायक बास्कोटासँग भलाकुसारीका साथै चर्चित कलाकारद्वारा उहाँद्वारा संगितबद्ध सुमधुर गीतहरुको प्रस्तुती दिने क्रम जारी छ । आजको कार्यक्रममा वानिका प्रधान, सुरज थापा, निशा देसार, मन्जु थापा, विश्व नेपाली लगायतले प्रत्यक्ष सांगितिक प्रस्तुती दिनेछन् । कार्यक्रमको प्रत्यक्ष प्रशारण भइरहेको छ ।
बाँस्कोटा गीतकार, संगीतकार मौलिक स्वर भएका गायकका रुपमा चिनिनुहुन्छ । बास्कोटाले ३ हजार बढी गीतलाई संगीतबद्ध गर्नुभएको छ भने २ सय ५० भन्दा बढी चलचित्रमा पाश्र्व संगीतकारको भूमिका निर्वाह गर्नुभएको छ । बाँस्कोटाको सम्झना विर्सना, चट्ट रुमाल , अब चोटहरुले, रातो टिका निधारमा लगायतका गीत आज पनि उत्तिकै चर्चित छन् ।
प्रकाशित:आश्विन ६, २०७५
User's Feedback
Comment via Facebook
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्