खोरेत रोगको संक्रमण

- विप्लव भट्टराई, इलाम

    आश्विन ६, २०७५

    – इलामको माङसेबुङ गाउँपालिका क्षेत्रमा खोरेत रोगको संक्रमणले घरपालुवा पशु विरामी पर्न थालेका छन् ।  माङसेबुङ–१ गजुरमुखी र  माङसेबुङ–२ इभाङको तल्लो क्षेत्रका किसानहरुले पालेको पशुमा खोरेत रोगको संक्रमण देखिएको हो । पशुका चारैवटा खुट्टा, मुख तथा गिजामा घाउखटिरा आउने, ज्वरो आउने, र्‍याल काड्ने, घाँस नखाने जस्ता लक्षण देखा परेको कृषकले बताएका छन् ।

    ४० बढी राँगा, भैसी तथा गाईगोरुमा यो लक्षणहरु देखिएको छ । माङसेबुङ–१ गजुरमुखी धाम, बजार क्षेत्र, पुल एरिया र तोभाङ आसपास तथा माङसेबुङ–२ का फेवाखोला बेंसी, सातबिसे, रत्नबसी आसपासमा पालिएको पशुमा खोरेतको संक्रमण देखिएको माङसेबुङ गाउँपालिका पशुसेवा शाखा प्रमुख महेशकुमार राईले जानकारी दिनुभयो ।

    त्यक्ष क्षेत्रमा पहिलोपटक खोरेत रोगको संक्रमण देखापरेको हो । अन्य क्षेत्रमा समेत संङक्रमण फैलन नदिन गाउँपालिकाले पशु प्राविधिकहरुको टोलीलाई संक्रमित स्थलमा खटाएको छ । 

     

    प्रकाशित:आश्विन ६, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्