खुला प्रतियोगितात्मक परीक्षाको सम्पूर्ण तयारी पूरा

- रमेश दुलाल, काठमाडौं

    आश्विन ६, २०७५

    – शिक्षक सेवा आयोगले यही असोज ११, १२ र १३ गते लिने खुला प्रतियोगितात्मक परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । परीक्षाका लागि प्रश्नपत्र, उत्तर पुस्तिका लगायतका सामग्री सम्बन्धीत परीक्षा केन्द्रमा पुर्‍याइसकिएको आयोगका सचिव तुलसी प्रसाद थपलियाले जानकारी दिनुभयो ।

    यस्तै परीक्षाका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरिक्षक समेत तोकिसकिएको उहाँको भानई छ । मावि, निमावि र प्राविका लागि ३४ जिल्लामा १ हजार २ सय ३२ केन्द्र तोकिएका छन् । तीन वटै तहको परीक्षाका लागि २ लाख ७५ बढी परीक्षार्थी सहभागी हने सचिव थपलियाले बताउनुभयो ।

    माध्यमिक तहमा १ हजार १ सय ८ पदका लागि ३८ हजार ७ सय ३२,  निम्न माध्यमिक तहमा १ हजार ३५ पदका लागि ८१ हजार र प्राथमिक तहमा ९ हजार ९ सय ९६ पदका लागि १ लाख ५५ हजार बढी परीक्षार्थीले प्रतिस्पर्धा गर्दैछन् । यसअघि गत असार २९ र ३० गते भएको आन्तरिक तर्फको परीक्षामा १९ हजार पदका लागि २३ हजार शिक्षकले सम्मिलित थिए । 

     

    प्रकाशित:आश्विन ६, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्