जसले हिंडेरै उठाए १६ लाख सहयोग

- नारायण खड्का, अष्ट्रेलिया

    आश्विन ७, २०७५

    – ब्रेन क्यान्सरबाट पीडित आफ्नो नेपाली साथीको उपचारमा सहयोग जुटाउन पैदल यात्रामा हिंडेका एक अष्ट्रेलियाली नागरिकले हिंडेरै १६ लाख रुपैयाँ संकलन गरिदिएका छन् । अष्ट्रेलियाको डब्बोमा बस्ने आफ्ना साथी बिदुर कर्माचार्य ब्रेन क्यान्सरबाट पीडित भएपछि सिड्नीको सेन्ट्रल कोष्ट बस्ने उनका साथी म्याट लोयडले उपचारमा सहयोग जुटाउन नयाँ उपाय निकालेका थिए । एक वेबसाईटमा पेज खोलेर १० दिनअघि पैदल यात्रा शुरु गरेका लोयडले २ सय ५० किलोमिटर यात्रा तय गरेका थिए ।

    जम्मा १० हजार डलर (करिब ८ लाख ५० हजार रुपैया) संकलनको लक्ष्य लिएर पैदलयात्रामा निस्किएका उनले आज यात्रा समाप्त गर्दा १९ हजार डलर (करिब १६ लाख रुपैया) संकलन गर्न सफल भएका छन् । सिड्नीको उत्तरी क्षेत्र न्युकासलदेखि सिड्नी शहरसम्म जंगलको बाटो हुँदै उनले यात्रा पुरा गरेका थिए । आज यात्रा टुङ्गयाएपछि उनी विदुरलाई भेट्न अस्पताल पुगेका थिए । 

     

    प्रकाशित:आश्विन ७, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्