दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्यो

काठमाडौं

    आश्विन ९, २०७५

    - अन्तत: सरकार र यातायाता व्यवसायीबीच लामो समयको रसाकस्सीपछि दशैंका लागि अग्रिम टिकट बुकिङ आज खुला भएको छ । पेट्रोलियम पदार्थमा मूल्यवृद्धिपछि चिँडिएका यातायात व्यवसायी सार्वजनिक सवारी साधनमा १० प्रतिशत भाडा बढाउने सरकारी निर्णयपछि टिकट खोल्न राजी भएका हुन् । २ सय ४५ वटा यातायात समितिको रोक्का बैंक खाता खोल्न व्यवसायीले दिएको दवाव, सरकारले नमानेपछि टिकट बुकिङ अन्योलमा परेको थियो । 

    काठमाडौंका बिभिन्न काउन्टरबाट टिकट वितरण सुरु गरेको यातायात व्यवसायी राष्ट्रिय महासंघले टिकट काट्दा यात्रुलाई सहज बनाउन र छुट्ने वसको उचित व्यवस्थापनका लागि छुट्टाछुट्टै समिति समेत गठन गरेको छ । दुवै समिति बिहानैबाट सक्रिय भएको महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले जानकारी दिनुभयो । काठमाडौंमा रहेका झण्डै ३५ लाख सर्वसाधारण यो पटक दशैं मान्न घर जाने अनुमान ट्राफिक प्रहरीको छ ।  

    गत भदौ ३१ गते यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच बसेको बैठकले असोज ५ गतेदेखि खुल्ला गर्ने निर्णय गरेपनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि व्यवसायी पछि हटेका थिए । 

    प्रकाशित:आश्विन ९, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्