सवारी दुर्घटनामा दुईको मृत्यु

- रेडियो कान्तिपुर, तनहुँ

    आश्विन ९, २०७५

     तनहुँको म्याग्दे गाउँपालिका– ४ मनहरीमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दमौलीबाट पोखरातर्फ जाँदै गरेको माइक्रोबस र विपरीत दिशामा रहेको बस आपसमा ठोक्किंदा दुई जनाको मृत्यु भएको हो ।

    दुर्घटनामा तनहुँको ब्यास नगरपालिका ११ की ३५ वर्षीया सरस्वती कुँवर र ५० वर्षीया चीजकुमारीको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायव उपरीक्षक गोविन्द पुरीका अनुसार बा ३ ख ४४४२ नम्बरको हाईस र लु १ ख ४१९५ नम्बरको बस ठोक्किएका हुन् ।

    दुर्घटनामा ९ यात्रु घाईते भएका छन् । घाइतेको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    घाईतेमध्ये ७ जनाको पोखरास्थित मनिपाल शिक्षण अस्पताल र दुई जनाको गण्डकी मेडिकल कलेजमा उपचार भईहेको छ । बसका चालक चिरन्जीवी श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । भ्यानका चालक भने घाईते छन् ।

     

    प्रकाशित:आश्विन ९, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्