कञ्चनपुर घटनाको प्रमाण सुरक्षित राख्न प्रहरीलाई आयोगको निर्देशन

काठमाडौं

    आश्विन २५, २०७५

    - राष्ट्रिय मानव अधिकार आयोगले कञ्चनपुरमा बलात्कारपछि हत्या भएकी बालिकाको भेजिनल स्वाबको नमुना र डिएनए लगायत प्रमाणहरु सुरक्षित राख्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।

    घटनासम्बन्धमा आज विज्ञहरुसँग छलफलपछि आयोगले प्रमाणहरु जेजस्तो अवस्थामा छन्, सोही रुपमा सुरक्षित राख्न प्रहरी प्रधान कार्यालय नक्साललाई निर्देशन दिएको हो ।

    आयोगले मृतक बालिकको भेजिनल स्वाब नमूना संकलन गरी केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला पठाउँदा अपनाइएको प्रक्रियाबारे जानकारी गराउन महाकाली अञ्चल अस्पताल, कञ्चनपुरलाई पनि पत्राचार गरेको निमित्त सचिव मुरारीप्रसाद खरेलले जानकारी दिनुभयो । 

    आयोगले सो घटनाको सन्र्दभमा गरिएका चिकित्सकीय जाँच तथा सबूदहरुको वैज्ञानिक परीक्षणका सम्बन्धमा राय/सुझाव लिन कानूनी चिकित्सा विज्ञ र डि.एन.ए विज्ञहरुसँग आज छलफल गरेको थियो । 

     

    प्रकाशित:आश्विन २५, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्