उपाधिको लागि एपीएफ र पुलिस भिड्ने

- प्रकाश बराल , बागलुङ

    आश्विन २६, २०७५

    बागलुङको गल्कोटमा जारी २२ औँ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिको लागि विभागीय एपीएफ र नेपाल पुलिस भिड्ने भएका छन् । आज सम्पन्न सेमिफाइनलमा विभागीय डर्वीमा पुलिसले आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

    पुलिसले आर्मीलाई २८–२६, २५–१५ र २५–१४ को सेटमा पराजित गर्‍यो । यसअघि आजै भएको पहिलो सेमिफाइनलमा विभागीय एपीएफले प्रदेश ५ लाई २५–१०, २५–१५ र २५–१९ को सेटमा पराजित गर्‍यो । प्रतियोगिताको उपाधि भिडन्त भोलि हुनेछ ।

    तेस्रो स्थानका लागि भोलि नै आर्मी र प्रदेश ५ बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले ५०, दोस्रोले ३० र तेस्रो हुनेले २० हजार रुपैयाँ हात पार्नेछन् । प्रतियोगिताबाट नै सागका लागि खेलाडी छनोट गरिनेछ । 

    प्रकाशित:आश्विन २६, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्