मनाङ मर्स्याङदीको विजयी सुरुवात

- रेडियो कान्तिपुर, ललितपुर

    आश्विन २६, २०७५

    सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा मनाङ मर्स्याङदी क्लबले विजयी सुरुवात गर्दा एपीएफ र हिमालयन शेर्पाले गोल रहित बराबरी गरेका छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सम्पन्न पहिलो चरणको अन्तिम खेलमा मनाङले ब्रिगेड ब्वाईज क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्‍यो ।

    ब्रिगेटका रजत तिवारीले २८ औँ मिनेटमा गोल गर्दै लिएको अग्रता जोगाउन नसक्दा पराजय बेहोर्न बाध्य भयो । मनाङको जितमा खेलको ४७ औँ मिनेटमा हेमन गुरुङले गोल गरे ।

    खेलको ५७ औँ र ईन्जुरी समयमा विदेशी खेलाडी आफिज ओलावालेले गोल गरे । जितसँगै मनाङले ३ अंक जोडेको छ । 

    यसअघि आजै भएको पहिलो खेलमा सशस्त्र प्रहरीको एपीएफ र हिमालयन शेर्पा क्लबले गोल रहित बराबरी गरेका छन् । एन्फा कम्प्लेक्समा भएको खेलमा दुबै टोलीले बराबरी खेल्दै एक/एक अंक बाँडेका छन् । 

    योसँगै १४ टोली सहभागी लिगको पहिलो चरणका खेलहरु सकिएका छन् । दोस्रो चरणका खेलहरु तिहार पछि सुरु गरिने अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता किरण राईले बताए ।  

    प्रकाशित:आश्विन २६, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्