सन्दिपले लिए २ विकेट

    आश्विन २९, २०७५

    - अफगानिस्तान प्रिमियर लिग क्रिकेट एपिएलको डेब्यु खेलमा सन्दिप लामिछानेले २ विकेट लिएका छन् । युएईको सारजाहामा गएराती पाक्टिया पान्थर्सबिरुद्धको खेलमा सन्दिपले आफ्नो स्पेलमा २३ रन खर्चेर २ विकेट हात पारेका हुन् ।

    यद्यपी सन्दिपको टोली नानगाहार लियोपार्ड, पाक्टियासंग ७ विकेटले पराजित भयो । आफ्नो पहिलो ओभरमा १८ रन खर्चेका सन्दिपले त्यसपछिका ३ ओभरमा उत्कृष्ट बलिङ गर्दै मात्र ५ रन खर्चेर २ विकेट लिए । केमरुन डेलपोर्टलाई पहिलो सिकार बनाएका लामिछानेले सिकन्दर राजालाई बोल्ड गर्दै डेब्यु म्याचमै प्रभाव देखाएका हुन् ।

    ७ खेलको समाप्तीमा ४ अंक जोडेको नानगाहार, तालिकाको चौथो स्थानमा छ । प्रतियोगीताको सेमिफाईनल प्रबेशका लागी उसले अन्तिम खेलमा जित हात पार्दै अन्य टोलीको नतिजा कुर्नु पर्नेछ । 

    समुहचरणको अन्तिम खेलमा लियोपार्डले शीर्ष स्थानको बाल्ख लेजेन्टसंग बुधबार प्रतिस्पर्धा गर्नेछ । 

     

    प्रकाशित:आश्विन २९, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्