बीपी राजमार्गमा दुर्घटना, एकै परिवारका ५ घाइते

- राजकुमार कार्की, सिन्धुली

    आश्विन २९, २०७५

    बीपी राजमार्ग अन्तर्गत सिन्धुलीमा सवारी दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । सिन्धुलीको कमलामाई नगरपालिका २ को सेल्फिडाँडा मुनी आज भएको दुर्घटनामा परि एकै परिवारका पाँच जना घाइते भएको प्रहरीले जनाएको छ ।

    घाइतेको सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि उनीहरुलाइ सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।

    काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बा २ च २११३ नं ट्याक्सी र जिप आपसमा ठोक्किंदा ३६ वर्षीय अर्जुन तामाङ, उनकी श्रीमती २८ वर्षीय सुनिता तामाङ, ७ वर्षीया री सुप्रिया तामाङ, ३ वर्षीय छोरा अल्वर्ट तामाङ र दाजु ३८ वर्षीय कुमार तामाङ घायते भएको प्रहरीले जनाएको छ ।

    गम्भीर घाइते कुमार, अर्जुन र छोरी सिल्वीलाई काठमाडौं ल्याएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुलाई ढाड टाउको र अन्य भागमा ठूलो चोट लागेको छ । कमलामाई नगरपालिका १३ रानीवासमा रहेको मुल घरमा उनीहरु दशैं पर्व मनाउनका लागि आउँदै थिए ।

    अर्को सवारी साधनलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भइ जिप करीब तीन सय मिटर तल खसेको थियो । सामान्य घाइते आमा छोराको जिल्ला अस्पतालमा उपचार भैरहेको छ । 

    प्रकाशित:आश्विन २९, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्