चितुवाको छाला सहित तीन पक्राउ

- रेडियो कान्तिपुर, काठमाडौं

    आश्विन २९, २०७५

    चितुवाको छाला सहित तीन जनालाई काठमाडौंबाट प्रहरीले पक्राउ गरेको छ । संरक्षित वन्यजन्तु चितुवाको छाला सहित काठमाडौं बस्ने बैतडी सिगास गाउँपालिका २ का २२ वर्षीय मोहन सिंह रोकाया, सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका ४ का २६ वर्षीय अनमोल तामाङलाई केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले पक्राउ गरेको हो । 

    पक्राउ पर्ने अर्का एक जनाको उमेर १६ वर्ष भएकाले उनको नाम र ठेगाना गोप्य राखिएको सीआईबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिनुभयो ।

    अवैध रुपमा वन्यजन्तुको आखेटोपहार खरिद बिक्री तथा ओसारपसार हुँदै गरेको भन्ने बिशेष सूचनाको आधारमा सीआइबीको टोलीले उनीहरुलाई काठमाडौं कोटेश्वरबाट पक्राउ गरेको जनाएको छ ।

    उनीहरुको साथबाट एक थान चितुवाको छाला थान बरामद भएको सीआइबीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । पक्राउ परेकालाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय काठमाडौंमा बुझाएको सीआइबीले जनाएको छ ।

    प्रकाशित:आश्विन २९, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्