मंसिरमा महिला तथा पुरुष नोबिज बक्सिङ प्रतियोगिता हुने

- रेडियो कान्तिपुर, काठमाडौं

    आश्विन २९, २०७५

    आगामी मंसिर पहिलो साता प्रथम राष्ट्रव्यापी महिला तथा पुरुष नोबिज बक्सिङ प्रतियोगिता हुने भएको छ । नेपाल बक्सिङ संघले राजधानीमा आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ देखि ८ गते सम्म हुने जानकारी दिएको हो ।

    प्रतियोगितामा अण्डर १९ र अण्डर २२ का खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । यू १९ र २२ मा ५ तौल समूहमा र यू २२ महिलातर्फ ६ तौल समूहमा स्पर्धा हुनेछ ।

    पुरुषतर्फ भने ८ तौल समूहमा स्पर्धा हुने बक्सिङ संघका केन्द्रीय सदस्य श्याम अवालेले जानकारी दिनुभयो । प्रतियोगितामा ८० महिला र १ सय ८० पुरुष सहभागी हुनेछन् । 

    प्रकाशित:आश्विन २९, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्