गभर्नस गोल्डकपमा मनाङले सीधै क्वार्टरफाईनल खेल्न

- रेडियो कान्तिपुर, काठमाडौं

    आश्विन २९, २०७५

    भारतमा हुने ३८ औँ गभर्नस गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा मनाङ मर्स्याङदी क्लबले सीधै क्वार्टरफाईनल खेल्ने भएको छ । सिक्मिमा हुने प्रतियोगितामा मनाङले रेन्वो एससी र कलकत्ता कस्टम्स्को विजेतासँग प्रतिस्पर्धा गर्नेछ । क्वार्टरफाइनल खेल आगामी कार्तिक १३ गते हुनेछ ।

    शसस्त्र प्रहरीको एपीएफले भने प्री क्वार्टरफाइनलमा जर्जटेलिग्राफसँग कार्तिक ९ गते प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिता कार्तिक ६ देखि १७ गतेसम्म हुनेछ ।

    अखिल नेपाल फुटबल संघ एन्फाको निर्णय अनुसार प्रतियोगितामा मनाङ र एपीएफले सहभागिता जनाउने भएका हुन् । 

    प्रकाशित:आश्विन २९, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्