मोफसलको सर्वाधिक राशीको फुटबल प्रतियोगिता दशैंपछि

- नारायण शर्मा , नवलपरासी

    आश्विन २९, २०७५

    विगत १५ वर्षदेखि संचालन हुँदै आएको मोफसलको सर्वाधिक नगद राशीको गैडासंरक्षण फुटबल दशैंपछि शुरु हुने भएको छ । प्रतियोगितामा नवलपरासी, चितवन, रुपन्देही, कास्की, काडमाडौं, पाल्पा मकवानपुर सहित ए डिभिजनका र विभागीय टिम सहित १२ टिमको सहभागिता रहने उक्त प्रतियोगिता कात्तिक २१ गतेसम्म हुने सोमबार कावासोतीमा आयाजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।

    पहिलो हुने लाई ५ लाख नगद, द्धितीयलाई ३ लाख रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । हरेक वर्ष एक सिङ्गे गैडा संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्ज नन्दभाउजू मध्यवर्ती उपभोक्ता समितिद्धारा आयोजनामा हुने उक्त प्रतियोगितामा नेपालको एक सिंगे गैडा संरक्षणको नारा दिइने गरिएको छ ।

    खेलकुद र खेलाडी मार्फत सन्देश मुलक जानकारी र सूचना संप्रेषण गर्न विगत १५ वर्षदेखि फुटवल आयोजना गरिंदै आएको छ । त्यसमा स्थानियको ठूलो सहभागिता रहने गरेको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा नन्दभाउजू उपभोक्ता समितिका अध्यक्ष दोमनबहादुर भण्डारीले प्रतियोगिता खेलकुदको माध्यमबाट युवाहरुमा वन, वन्यजन्तु एवम् वातावरण संरक्षण चेतनाको विकास र विस्तार गर्ने, खेलकुद तथा पर्या–पर्यटनको समिश्रण गरी आन्तरिक तथा बाह्य पर्यटक आर्कषित गर्ने लगायतका उद्देश्यका साथ आयोजना गर्न लागिएको बताए ।

    खेल सञ्चालनका लागि वन मन्त्रालय र खेलकुद मन्त्रालय, नेपाल सरकारको वन तथा भू संरक्षण मन्त्रालय अन्र्तरगतको वन्यजन्तु संरक्षण विभाग, चितवन राष्ट्रिय निकुञ्ज र गैंडा संरक्षणका साथै वन, वन्यजन्तु संरक्षणमा युवाहरुको सहभागिता बढाउने, खेलकुद र पर्यापर्यटनको समिश्रण गरी आन्तरिक तथा बाह्य पर्यटक वृद्धि गर्ने लगायतका उद्देश्य राखेर आयोजना गरिने प्रतियोगिताको गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ्गद्धारा समुद्धाटन गरिने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।

    प्रकाशित:आश्विन २९, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्