ईङल्याण्डद्वारा स्पेन पराजित

    आश्विन ३०, २०७५

    - यूइएफए नेसन्स लिग फुटबलका पछिल्ला खेलमा ईङल्याण्ड, स्वीजरल्याण्ड, बोस्निया हर्ज गोभिना र फिनल्याण्ड विजयी भएका छन् । समुह डीमा रहेको ईङल्याण्डले पहिलो जित निकाल्ने क्रममा स्पेनलाई ३–२ ले पराजित गर्यो ।

    खेलको पहिलो हाफमै ३ गोलको अग्रता बनाएको ईङल्याण्डले दोस्रो हाफमा २ गोल खाएको थियो । खेलको दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेपनि स्पेनले खेलमा आफु अनुकुलको नतिजा भने हात पार्न सकेन् । लिगमा स्पेनको यो पहिलो हार हो । ईङल्याण्डलाई जिताउन राहिम स्र्टलिङले २ तथा मार्कोस रासफोर्डले १ गोल गरे । 

    स्वीजरल्याण्डले आईसल्याण्डलाई २–१ ले हराउँदा, नर्दन आयरल्याण्ड बोस्निया हर्ज गोभिनासँग २–० ले स्तब्ध भयो । गएराती नै फिनल्याण्डले ग्रीसलाई २–० ले तथा लग्जवर्ग सान मारिनोलाई ३–० ले स्तब्ध पारे । बेलारुस र माल्डोभाले गोलरहित बराबरी खेल्दा स्टोनिया र हगेरीले ३–३ को बराबरी खेल्दै अंक बाँढेका छन् । 

     

    प्रकाशित:आश्विन ३०, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्