विधान मस्यौदा गर्न कांग्रेसमा अन्तिम गृहकार्य

काठमाडौं

    आश्विन ३०, २०७५

    - नेपाली कांग्रेसको विधान मस्यौदा गर्न गठित समितिले अन्तिम गृहकार्य थालेको छ । नेता चक्रप्रसाद बाँस्तोलाको निधनका कारण बैठक स्थगित भएको थियो । आज मध्यान्न १२ बजे पछि ललितपुरको सानेपास्थित पार्टी मूख्यालयमा बस्ने समितिको बैठकले प्राविधिक विषयमाथि छलफल सुरु गर्ने मस्यौदा समिति सदस्य रमेश लेखकले जानकारी दिनुभयो ।

    सम्पूर्ण विषयमा सैद्धान्तिक सहमति जुटाएको समितिले पदाधिकारीको संख्या मात्र टुंगो लगाउन बांकी छ । पदाधिकारीको आकार बढाउन सहमत भएपनि उपभासपतिको संख्या बारे निर्णय हुन बांकी रहेको नेता लेखकले बताउनुभयो । निर्वाचित हुनु पर्ने अडान लिदै संस्थापन इतर पक्षले ३ जना उपसभापतिको व्यवस्था गर्नु पर्ने बताएको छ ।

    संघीय निर्वाचन क्षेत्र र प्रदेश अधिवेशन, केन्द्रीय महाधिवेशन, महासमिति लगायतमा प्रतिनिधित्व गर्ने प्रतिनिधिको संख्यामाथिको छलफलमा बढी अलमलिएको मस्यौदा समिति सभापतिलाई अधिकार दिने विषयमा भने एकजुट भएको थियो ।

    सहमतिसंगै कांग्रेस महाधिवेशनमा अब ४ हजार १ सय २५ प्रतिनिधि सहभागी हुने भएका छन् । यो संख्या १३ औं महाधिवेशनमा ३२ सय हाराहारीमा थियो । दशैं लगत्तै विधान मस्यौदालाई अन्तिम रुप दिने तयारी स्वरुप अन्तिम गृहकार्यमा जुटेको नेता लेखकको भनाई छ ।  

     

    प्रकाशित:आश्विन ३०, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्