मानव अधिकार आयोग बिदामा पनि खुल्ला हुने

काठमाडौं

    आश्विन ३०, २०७५

    - राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश तथा शाखा कार्यालयहरु दशैं, तिहार तथा छठ बिदामा खुल्ला हुने भएको छ । आयोगद्दारा जारी विज्ञप्तिमा पर्वका अवसरमा ११ बजे देखि २ बजेसम्म कार्यालय खुला रहने उल्लेख छ ।

    नागरिकको मानव अधिकार संरक्षणको कार्यलाई ध्यानमा राखी बिदाका दिनमा उजुरी शाखा खुला राख्ने व्यवस्था मिलाएको आयोगले जनाएको छ । सो अवधिमा आयोगले मानव अधिकार उल्लङ्घन र ज्यादतीका उजुरीहरु लिने तथा आवश्यकता अनुसार गम्भीर प्रकृतिको घटनामा आकस्मिक अनुगमन समेत गर्ने आयोगले जनाएको छ । 

     

    प्रकाशित:आश्विन ३०, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्