ललितपुरमा सडक स्तरोन्नतति

ललितपुर

    आश्विन ३०, २०७५

    - ललितपुर महानगरपालिकाले चार मिटरभन्दा कम चौडाइको ३० किलोमिटर सडक स्तरोन्नति गर्ने भएको छ । महानगरपालिकाका भित्री बस्तीमा रहेका साँघुरा सडकमा ढुङ्गा र इँट्टा छापेर स्तरोन्नतिको योजना बनाइएको महानगरले जनाएको छ ।

    शहरका भित्री भागमा पर्ने सडक कालोपत्रभन्दा पनि ढुङ्गा, छाप्ने र इँट्टा छाप्ने कामलाई प्राथमिकता दिएको छ । आवश्यक भएका कतिपय स्थानमा भने ढलान गर्ने गरी बोलपत्र भएको महानगरको भनाइ छ ।

    मुख्य सडकसँगै यो वर्ष सहायक सडकका रुपमा रहेका बस्तीभित्रका सडक निर्माणलाई महानगरपालिकाले प्राथमिकतामा राखेको छ । स्थानीय निकायले सहायक सडकलाई बेवास्ता गरेको स्थानीयवासीले गुनासो गर्दै आएका थिए ।

     

    प्रकाशित:आश्विन ३०, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्