कर्णालीमा डुंगा पल्टिदा दुई वेपत्ता

कर्णाली

    आश्विन ३०, २०७५

    - कर्णाली नदीमा हिजो साँझ डुंगा पल्टिदा दुई जना बेपत्ता भएका छन । डुङ्गामा रहेका अन्य तीन जनाले पौडेर ज्यान जोगाएको प्रहरीले जनाएको छ । डुङ्गामा रहेका कैलाली जोशीपुर गाउँपालिका–५ का २२ बर्षिय समिर बडेला र २३ बर्षिय पु्रुषोत्तम चौधरी बेपता भएको इलाका प्रहरी कार्यालय कर्णाली चिसापानीका प्रहरी निरिक्षक दिपेन्द्र केसीले बताउनुभयो ।

    घटना हिजो साँझ भएकाले खोजी गर्न अप्ठयारो भएको र आज बिहानै खोजी सुरु गरिएको प्रहरी निरीक्षक केसीले बताउनुभयो । ढुङ्गामा सवार बौनियाका दुसान्त हमाल, चक्र विडारी र डुंगा चालक सुगरखालका प्रकाश विष्ट पौडी खेलेर बाच्न सफल भएका बताइएको छ । चारै जनाले मदिरा सेवन गरेको र डुङ्गाको सन्तुलन कायम नहुँदा डुङ्गा पल्टिएको माझी सुगरखालका प्रकाश विष्टले बताउनुभयो । 

     

    प्रकाशित:आश्विन ३०, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्