पाँचथरका दशैं घरहरुमा फूलपाती भित्र्याइयो

- लक्ष्मी गौतम, पाँचथर

    आश्विन ३०, २०७५

    पाँचथरका विभिन्न दशैं घरहरुमा आज बिहान बढाँइका साथ फूलपाती भित्र्याइएको छ । सदरमुकामस्थित जिल्ला प्रशासन, नेपाली सेनाको भैरबीदल गण, शशस्त्र प्रहरीको हिमशिखर गुल्म र जिल्ला प्रहरी कार्यालय सहितका विभिन्न दशैं घरहरुमा फिदिम ४ सुम्हात्लुङ शक्तिपीठबाट लगेको फूलपाती भित्र्याइएको हो ।

    सुम्हात्लुङ मन्दिरमा पूजा आरधना सहित दशैं घरमा फुूपाती भित्र्याउनु पूर्व नेपाली सेनाले बढाँइका सलामी दिएको थियो ।

    विधिपूर्वक नवदुर्गा र कालरात्रीको पूजा आरधना पश्चात दशैं घरवाट फूलपाती लिन नेपाली सेना, ससस्त्र प्रहरी र जनपथ प्रहरी सुम्हात्लुङ शक्तिपीठ पुग्दा सर्वसाधारणको पनि बाक्लो उपस्थिति थियो ।

    फूलपाती भित्र्याउने कार्यक्रममा जिल्लास्थित राजनीतिक दल, संघ सस्था र कार्यालय प्रमुखसँगै नागरिक समाजका प्रतिनिधि र सञ्चारकर्मी पनि उपस्थित थिए ।

     

    प्रकाशित:आश्विन ३०, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्