तिहारको बिदामा इन्धन अभाव हुँदैन : निगम

- रेडियो कान्तिपुर, काठमाडौं

    कार्तिक २१, २०७५

    तिहार तथा छठ पर्वमा पेट्रोलियम पदार्थको अभाव नहुने दाबी नेपाल आयाल निगमले गरेको छ । ती पर्वमा समेत पेट्रोलियम पदार्थको अभाव हुन नदिन काठमाडौं उपत्यका लगायत विभिन्न स्थानका पेट्रोल पम्पलाई पर्याप्त मात्रामा पेट्रोलियम पदार्थ उपलब्ध गराएको निगमले जनाएको छ ।

    निगमको थानकोट डिपोले काठमाडौं उपत्यका लगायतका आसपासका विभिन्न पम्पलाई साढे ८ लाख लिटर पेट्रोल र साढे चार लाख लिटर डिजेल वितरण गरिएको डिपो प्रमुख भरत रेग्मीले बताउनुभयो ।

    निगमले हिजो पनि साढे ८ लाख लिटर पेट्रोल र ८३ लाख लिटर डिजेल विभिन्न पम्पलाई वितरण गरेको जनाएको छ । थानकोट डिपोले काठमाडौं उपत्यकाका साथै काभ्रे, सिन्धुपाल्चोक, रसुवा नुवाकोट, सिन्धुली लगायत जिल्लाका विभिन्न पम्पलाई पेट्रोलियम पदार्थ उपलब्ध गराउंदै आएको छ ।

    बिदाको समयमा पनि पम्पले माग गरे बमोजिम पेट्रोलियम पदार्थ उपलब्ध गराउंदै आएको डिपो प्रमुख रेग्मीले बताउनुभयो ।

    सार्वजनिक बिदा भएपनि आकस्मिक रुपमा इन्धनको माग भए तत्काल उपलब्ध गराउन दुई अधिकृत सहित ८ जना कर्मचारी तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो । 

    प्रकाशित:कार्तिक २१, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्