नेटोले अफगानिस्तानलाई गर्दै आएको सहयोग जारी राख्ने

एजेन्सी

    कार्तिक २१, २०७५

    उत्तर एटलान्टिक सन्धी संगठन नेटोले अफगानिस्तानलाई उपलब्ध गराउँदै आएको सैन्य सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ । अफगानी राष्ट्रपति असरफ घानीसँगको संयुक्त पत्रकार सम्मेलनका क्रममा नेटो महासचिव जेन्स स्टोलटेनवर्गले अफगानिस्तानलाई सुरक्षित र त्यहाँका जनतालाई समृद्धिको बाटोमा लैजाने आफूहरुको योजनामा कुनै परिवर्तन नभएको बताउनुभयो ।

    अफगानिस्तानको सुरक्षा मिसनमा ३९ देशका करीब १६ हजार सैनिकहरुले सघाउ पुर्‍याएको भन्दै सबै एकताबद्ध भएर अघि बढ्न उहाँले आग्रह गर्नुभयो ।

    अफगानिस्तानमा तालेवानले युद्ध जित्ने अवस्था नरहेको भन्दै उहाँले लडाईं त्यागेर शान्ति वार्तामा आउन युद्धविरामका लागि तालेवानलाई आग्रह समेत गर्नुभयो ।

    साथै अफगानिस्तानमा नेटोको उपस्थिति बलियो बनाउने, सल्लाहकारहरु थप गर्ने भन्दै यसका लागि क्षेत्रिय मुलुकहरुले समेत शान्ति स्थापनाका लागि पहल गर्नुपर्ने उहाँको भनाई छ ।

    प्रकाशित:कार्तिक २१, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्