ट्वान्टी–२० क्लिनस्विप गरेको पाकिस्तान पहिलो वान डेमा भने पराजित

एजेन्सी

    कार्तिक २२, २०७५

    ३ म्याचको ट्वान्टी–२० क्रिकेट सिरिज ह्वाईटवास गरेको पाकिस्तान, न्युजिल्याण्डबिरुद्धको पहिलो वान डे मा भने पराजित भएको छ । पहिलो म्याचमा ४७ रनको जित निकाल्दै न्युजिल्याण्डले ३ म्याचको सिरिजमा १–० को अग्रता लिएको छ । 

    ट्रेन्ट बोल्डले ह्याट्रिक गरेपछि अबुधावीमा २ सय ६७ रनको लक्ष्य पछ्रयाएको पाकिस्तान ४७ ओभर २ बलमा २ सय १९ रनमा समेटियो । तेस्रो ओभरको दोस्रो बलमा फकर जमानलाई एक, तेस्रो बलमा बाबर आजमलाई र चौथोमा मोहमद हाफिजलाई शुन्य शुन्य रनमा आउट गर्दै बोल्टले ह्याट्रिक गरे । लोकी फर्गुसनको नाममा पनि ३ विकेट रह्यो । पाकिस्तानका लागि क्याप्टेन सरफराज अहमदले ६४ र इमाद वासिमले ५० रन बनाएपनि हार भने टार्न सकेनन् । 

    पहिले व्याटिङ गरेको न्युजिल्याण्डले भने निर्धारित ओभरमा ९ विकेट गुमाएर २ सय ६६ रनको मध्यम स्कोर तयार पारेको थियो । रोस टेलरले ८० र टम लाथमले ६८ रन बनाएका थिए । शहिन साह अफ्रिदी र सदाव खानले समान ४ विकेट लिए । 

    दोस्रो वान डे शुक्रवार हुनेछ ।   

     

    प्रकाशित:कार्तिक २२, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्