अरुण तेस्रोको पूर्वाधार निर्माण तीव्र

- अनिल परियार , काठमाडौं

    कार्तिक २२, २०७५

    - संखुवासभास्थित अरुण तेस्रो जलविद्युत आयोजनाको पूर्वाधार निर्माण तीव्र रुपमा अघि बढाइएको छ । मुख्य सुरुङ र पावरहाउस निर्माणअघि सडक निर्माण कार्य सकिएको छ भने सहायक सुरुङ निर्माण लगायत अन्य पूर्वाधारको कामपनि तीव्र रुपमा अघि बढेको आयोजनाका आवसीय प्रतिनीधि हरिराम सुवेदीले जानकारी दिनुभयो ।

    भारतीय कम्पनी सीजेभिएनको लगानीमा बन्न लागेको सो आयोजनाको मुख्य सुरुङ निर्माण कार्यभने आगामी वर्षबाट मात्रै शुरु हुनेछ । प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले गत वैशाख २८ मा सो महत्वकाक्षी आयोजनाको संयुक्त शिलान्यास गर्नुभएको थियो ।

    अहिलेकै अनुपातमा काम अघि बढ्ने हो भने निर्धारित समयमै काम सकिने सुवेदीको भनाई छ । १ खर्ब ४ अर्ब लागत रहेको ९ सय मेगावट क्षमताको सो महत्वकांक्षी आयोजना २०२२ सम्ममा सक्ने लक्ष्य राखिएको छ । विद्युत उत्पादन सुरु भएपछि आयोजनाको प्रर्वद्धक कम्पनी सीजेभिएनले विभिन्न शीर्षका करिब २८ प्रतिशत विद्युत निशुल्क पाउने सम्झौतामा उल्लेख छ ।

     

    प्रकाशित:कार्तिक २२, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्