सीएनएनका पत्रकारलाई ह्वाईट हाउस प्रवेशमा प्रतिवन्ध

काठमाडौं

    कार्तिक २२, २०७५

    - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको विवादका कारण सीएनएनका पत्रकारलाई ह्वाईट हाउस प्रवेशमा प्रतिवन्ध लगाईएको छ । मध्यावधिक निर्वाचन पछि ह्वाईट हाउसमा आयोजित पत्रकार साक्षात्कारमा सीएनएनका पत्रकार जिम एकोष्टाले प्रश्न सोध्ने क्रममा राष्ट्रपति ट्रम्पसँग विवाद भएपछि ह्वाईट हाउस प्रवेशको प्रेश पास रद्ध गरिएको हो ।

    आप्रवासी नीतिका सम्बन्धमा गरिएको प्रश्नमा ट्रम्प भड्किएका थिए । एकोष्टाका कारण सिएनएन लज्जित हुनुपर्ने भन्दै ट्रम्पले आक्रोश पोख्नुभएको थियो । यद्यपि ह्वाईट हाउसले भने ट्रम्पसंगको विवादका कारण प्रतिवन्ध नलगाएको स्पष्ट पारेको छ । 

    माइक लिने प्रयास गर्दा एकोष्टाले कर्मचारीसंग अभद्र व्यवहार गरेकाले प्रेश पास रद्ध गरिएको ह्वाई हाउस प्रवक्ता सराह हकबी स्यान्डर्सले दाबी गर्नुभएको छ । सीएनएनले भने ह्वाईट हाउसको दाबी गलत रहेकाले पत्रकार जिमको पक्षमा रहेको स्पष्ट पारेको छ ।

     

    प्रकाशित:कार्तिक २२, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्