नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै

    कार्तिक २२, २०७५

    - सन् २०२० मा हुने ओलम्पिकको महिला फुटबल अन्तर्गत एशियाली छनोटमा आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ । म्यानमारको याङगुनस्थित थुवुना रङशालामा खेल नेपाली समायानुसार दिउँसो सवा दुई बजे पछि सुरु हुनेछ । मुख्य प्रशिक्षक हरि खड्काले एशियाली छनोट महत्वपूर्ण रहेकाले कडा प्रशिक्षण गरेको बताउनुभएको छ ।

    चीनमा तीन म्याचको मैत्रीपूर्ण खेल खेलेर म्यानमार पुगेको टोली छनोट खेल खेल्न तयार रहेको प्रशिक्षक खड्काको भनाई थियो ।समुह सी मा नेपाल र भारतसहित म्यानमार र बंगलादेश पनि छन् । आजै हुने अर्काे खेलमा म्यानमार र बंगलादेश प्रतिस्पर्धा गर्नेछन् । नेपालले दोस्रो खेल कात्तिक २५ गते आयोजक म्यानमारसंग र कात्तिक २७ गते बंगलादेशसँग खेल्नेछ ।  

     

     

    प्रकाशित:कार्तिक २२, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्