दिल्लीमा प्रदूूषण बढ्यो

बीबीसी

    कार्तिक २२, २०७५

    सर्वोच्च अदालतको प्रतिबन्धका बाबजुद भारतको दिल्लीमा अत्यधिक पटाका पड्काएका कारण वायु प्रदूषणको तह यसअघिको भन्दा उच्च पाईएको छ । अदालतले यसअघि दिवालीको अवसरमा दिनमा २ घण्टामात्र पटाका पड्काउन आदेश दिएको थियो ।

    अदातलको आदेश उल्लंघन गर्दै सर्वसाधारणले पटाका लगायत बारुद पड्काउन जारी राखेका कारण प्रदुषित वायुको तह झनै बढेको हो ।

    दिल्लीस्थित अमेरिकी राजदूतावासले माईक्रो ब्लगिङ साईट ट्वीटरमा सार्वजनिक गर्दै दिल्लीमा वायु प्रदूषणको मात्रा ५२६ पुगेको र सर्वसाधारणको स्वास्थ्य प्रतिकूल असर पुग्ने खालको वातावरण भएको बताएको बीबीसीले उल्लेख गरेको छ ।

    विश्वमा सर्वाधिक प्रद्ुषित शहरको छैठौ स्थानमा रहेको दिल्लीमा वायु प्रदूषण रोक्न सरकारले विभिन्न नीति ल्याए पनि सफल हुन भने सकेको छैन ।

    प्रकाशित:कार्तिक २२, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्