बोक्सीको आरोपमा कुटपिट गर्ने एक पक्राउ

- रेडियो कान्तिपुर, कैलाली

    कार्तिक २२, २०७५

    कैलालीको घोडाघोडी नगरपालिका, ५ की राधा चौधरीमाथी पुन: बोक्सीको आरोपमा कुटपिट भएको छ । युवतीलाई कुटपिट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय शुख्खडको टोलीले स्थानीय २८ वर्षीय कालीचरण चौधरीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी हरि ओलीले जानकारी दिनुभयो ।

    उनले सामान्य विवादमा राधालाई बोक्सीको आरोप लगाउँदै कुटपिट गरेको उजुरीका आधारमा कालिचरणलाई नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको डीएसपी ओलीले बताउनुभयो ।

    देउकलियाकी राधामाथि बोक्सी आरोपमा गत फागुन २४ गते पनि निर्घात कुटपिट भएको थियो । राधालाई ७ घण्टासम्म मरणासन्न हुनेगरी कुट्ने भोलेबाबा भनिने रामबहादुर चौधरीसहित ३ जना अदालतको आदेशपछि जिल्ला कारागारमा कैद सजाय भोगिरहेका छन् । सो घटनामा ६ जना पक्राउ परेका थिए । 

    प्रकाशित:कार्तिक २२, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्