सम्बन्ध विच्छेदका लागि ३७ जाने मुद्दा दर्ता गराए

- आश गुरुङ, लमजुङ

    कार्तिक २३, २०७५

    जिल्ला अदालत लमजुङमा सम्बन्ध विच्छेदका लागि ३७ जनाले मुद्दा दर्ता गराएका छन् । गत भदौ १ गतेबाट नयाँ आचार संहिता लागू भएपछि सम्बन्ध विच्छेदका लागि ३७ जनाले मुद्दा दर्ता गराएको जिल्ला अदालत लमजुङले जनाएको छ ।

    सम्बन्ध विच्छेदका  मुद्दा दर्ता गराउने ३७ जना मध्ये ११ जना पुरुष र २६ जना महिला रहेको अदालतका श्रेस्तेदार अधिकृत भूमिप्रसाद शर्माले जानकारी दिनुभयो । यस अवधिमा १४ महिलाले मिलापत्र गरेर मुद्दा टुंग्याएका उहाँले बताउनुभयो ।

    पुरुषले दर्ता गरेको एउटा मुद्दा फिर्ता भएको उहाँले बताउनुभयो । वैदेशिक रोजगार, सामाजिक सञ्जालको बढ्दो प्रयोग, कम उमेरमा विवाह, पारिवारिक समस्याले सम्बन्ध विच्छेदका मृद्दा पर्ने गरेको अदालतले जनाएको छ ।

    अभिभावकले जबरजस्ती विवाह गराइदिँदा पनि सम्बन्ध विच्छेद हुने गरेको अदालतका श्रेस्तेदार बताउनुभयो । जिल्ला अदालतमा सबैभन्दा बढी सम्बन्ध विच्छेदका मुद्दा पर्ने गरेको अदालतले जनाएको छ । 

    प्रकाशित:कार्तिक २३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्