चेल्सी र आर्सनल, युरोपा लिगको अन्तिम ३२ मा प्रवेश

बीबीसी

    कार्तिक २३, २०७५

    चेल्सी र आर्सनल, युरोपा लिग फुटबलको अन्तिम ३२ मा प्रवेश गरेका छन् । समूह एल अन्तरगतको खेलमा गएराति बीएटीई बोरिसोभलाई १–० गोल अन्तरले पराजित गर्दै चेल्सी अघिल्लो चरण प्रवेश गरेको हो ।

    चार खेलको समाप्तिमा चेल्सी शतप्रतिशत नतिजा सहित १२ अंकका साथ समूहको शीर्ष स्थानमा छ । उसको जितमा गएराति एकमात्र गोल ५२ औं मिनेटमा ओलिभर जिरोर्डले गरे । 

    समूह ईको खेलमा भने शीर्ष स्थानको आर्सनलले ईस्पोटिङ लिस्बोनसँग गोल रहित बराबरी खेल्यो । यद्यपि, १० अंकमा शीर्ष स्थानमा रहँदै आर्सनलले अघिल्लो चरणमा स्थान बनाएको हो ।

    आर्सनलका फरवार्ड ड्यानी वेलबेटलाई खेलका दौरान गम्भीर चोट लागेको छ । युरोपा लिग फुटवल अन्तरगत गएराती भएको बी ए टी ई बोरिसोभबिरुद्धको खेलमा हेड गर्ने क्रममा लडेर उनलाई दाहिने खुट्टामा गम्भीर चोट लागेको थियो । खेलको २५ औं मिनेटमा हेडरका लागि उफ्रिएका उनी लड्नेक्रममा चोट बोक्न पुगेका थिए । उनलाई अस्पताल भर्ना गरिएको छ ।

    ईङ्ल्याण्डका भरपर्दा खेलाडि समेत रहेका वेलबेट, केही साता मैदान बाहिर रहने भएका छन् ।  ईङ्ल्याण्डका लागि ४२ खेल खेलिसकेका २७ वर्षे ड्यानी क्रोएसिया र अमेरिकाबीच हुने खेलको टोलीमा समेत परेका थिए । 

    प्रकाशित:कार्तिक २३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्