यो साता पनि सुनको भाउ स्थिर

- रेडियो कान्तिपुर, काठमाडौं

    कार्तिक २३, २०७५

    यो साता पनि सुनको भाउ स्थिर रहेको छ । सुन अहिले प्रति तोला ६० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको भाउ बढ्दै गएका कारणले सुनको मूल्य वृद्धि भएको महासंघले जनाएको छ ।

    यद्यपि, अमेरिकी डलरको भाउ बढ्दै गएपनि गत साता युरो र ब्रिटिस पाउण्डको तुलनामा डलर कमजोर भएकाले सुनको भाउ केही वृद्धि भएको महासंघले जनाएको छ । 

    सुन अहिले प्रति तोला ६० हजारमा र चाँदी प्रति तोला ७ सय ४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

    प्रकाशित:कार्तिक २३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्