इरान अमेरिकीबीचको तनाव उत्कर्षमा

बीबीसी

    कार्तिक २३, २०७५

    इरानले अमेरिकीबीचको तनाव उत्कर्षमा पुगेको छ ।  यसै साताको सुरुवातमा अमेरिकाले इरानमाथिका सन् २०१५ पछि हटाइएका सम्पूर्ण प्रतिबन्धहरुलाई पुन: लागू गरेपछि इरान र अमेरिकाबीचको तनाव उत्कर्षमा पुगेको हो ।

    इरानका राष्ट्रपति हशन रुहानीले अमेरिकी  प्रतिबन्धलाई गर्वका साथ तोड्ने चेतावनी दिनुभएको छ  ।  यस्तै अमेरिकाले पनि इरानको आर्थिक गिरावटको गन्ती सुरु गरिसकेको छ ।

     अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले  अमेरिकी प्रतिबन्धपछि इरानको  तेल निर्यातमा प्रतिदिन १० लाख ब्यारल गिरावट आएको दाबी गर्नुभएको छ । 

    इरानी मुद्रा रियालको मूल्य समेत बढेको विभिन्न तथ्याङ्कहरु अमेरिकाले सार्वजनिक गरिरहेको छ । अमेरिकाले भारत चीन, दक्षिण कोरिया लगायतका मुुलुकलाई समेत इरानसँगको तेल  कारोबार रोक्न दबाब दिइरहेको छ । यद्यपी ती मुलुकले कुनै प्रतिक्रिया दिएका छैनन् ।

    अमेरिकाले प्रतिबन्ध लगाएपनि सन् २०१५ को परमाणु सम्झौताका अन्य पक्ष राष्ट्रहरु, बेलायत, जर्मनी, फ्रान्स लगायतले राष्ट्रले भने इरानलाई साथ दिइरहेका छन् । उनीहरुले अमेरिकी प्रतिबन्धबाट इरानलाई जोगाउन विशेष आर्थिक नीति ल्याउने समेत आश्वासन दिएको बीबीसीले उल्लेख गरेको छ ।

    प्रकाशित:कार्तिक २३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्